१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

आन्तरिक मामिला मन्त्री पाण्डेद्धारा प्रहरीका लागि गाडी १२ र मोटरसाइकल १६ थान हस्तान्तरण

११ असार, काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्रका जिल्लामा खटिएका प्रहरीको कामकाज सहज बनाउनका लागि १२ थान गाडी र १६ थान मोटरसाइकल हस्तान्तरण गरेको छ । शुक्रबार प्रदेश राजधानी हेटौँडामा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले सावारी साधानको साँचो प्रहरीलाई हस्तान्तरण गर्नुभयो ।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयले किनेर नै प्रहरीका लागि सहजहोस भनेर सवारी साधान उपलब्ध गराइएको मन्त्री पाण्डेले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा प्रहरी संगठनलाई अझै चुस्त दुरूस्त बनाउनका लागि भौतिक साधानमा सम्पन्न गराउन सरकार लागि पर्ने बताउनुभयो ।

प्रदेशका काभ्रे र मकवानपुर जिल्लामा दुई/दुई वटा गाडी दिइएको छ भने अन्य जिल्लामा एक/एक वटा गाडी जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराइएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा भने सवारी साधान दिइएको छैन । सवारी सधानले प्रहरीलाई काममा सहजता पुग्ने भएको छ । विपद्को सयमा नागरिकको सेवामा जुट्न सुरक्षाकर्मीका लागि सहज हुने प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार २२:३५