१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेपाली कांग्रेसको चारतारे झण्डा र विधानमा आगजनी

११ असार, काठमाडाैँ । नेपाली कांग्रेसको चारतारे झण्डा र विधानमा आगजनी भएको तस्बीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । कसले किन जालयो भन्ने आधाकारिक कुरा नखुले पनि कांग्रेसको झण्डा र विधानमा आगजनी गरेको तस्बीर भने धेरैले सेयर गरेका छन ।

आजै शुक्रबार दिउँसो १ः३५ बजे (AD 2021/6/25) को समयमा झण्डा र विधानमा आगजनी भएको देखिन्छ । पोको एम टु मोबाइलबाट कैद भएको तस्बीर कसको हो भन्ने नखुले पनि धेरैले सेयर गरिरहेको यस तस्बिर काठमाडौँ उपत्यका बाहिरको रहेको अनुमान लगाउन कठिन छैन । एउटा सेतो पेटी गन्जी र कट्टु लगाएका एक जना रातो वर्णका अधवैँषे पुरूषले आगजनी गरेका छन ।  फेसबुक प्रयोगकर्ता प्रेम दहाल भने कांग्रेसकै कार्यकर्ताले यस्तो गरेको दाबी गर्नुभएको छ । यद्यपी यो तस्बीर कहाँको कसको हो भन्ने कुनै खुलेको छैन ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार २१:०७