१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

साउन १ गतेदेखि काठमाडाैँ उपत्यकामा दिउँसो टिपर चलाउन रोक

२८ असार, काठमाडाैँ । गृह मन्त्रालयले टिपरका कारण बढ्दो दुर्घटना रोक्न उपत्यकाका तीन जिल्लामा दिनभर टिपर चलाउन रोक लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बुधबार काठमाडौँ, ललितपुर र भक्तपुरका सरोकारवाला निकायका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म टिपर चलाउन रोक लगाउन निर्देशन दिनुभएको हो । उक्त व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार ०५:५४