१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

तस्बीरमा हेर्नुहोस्, हेलम्बुमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको स्वास्थ्य शिविर


११ असार, काठमाडाैँ । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले बाढी पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोकमा स्वास्थ्य सिबिर संचालन गरीरहेको छ । बिगत ३ दिन देखी संचालित सिबिरमा फरक फरक विशेषज्ञ चिकित्सकको टोलीले सेवा प्रधान गरीरहेको छ ।

गत असार १ गते आएको बिनासकारी बाढी पहिरोका कारण त्यस क्षेत्रमा स्वास्थ उपचारमा थप सेवा पुर्याउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफै चिकित्सकसहितको टोली लिएर हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकनमा पुग्नुभएको थियो ।

हेलम्बुमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर चलिरहेको प्रतिष्ठानका प्राध्यापक सुपेन्द्र कार्कीले जानकारी दिनुभयो। हाल हेलम्बुको क्षेत्रमा संचालित सिबिरमा नेपाल प्रहरी र नेपाली सेना सहितको स्वास्थ्यकर्मीहरुको संयुक्त टोलीले एक हप्तासम्म सेवा प्रदान गर्ने सिबिरमा सहभागी कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार १९:४५