१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

काेराेना अपडेटः २४७६ जनामा संक्रमण पुष्टि, ५४५५ संक्रमणमुक्त,२७ जनाकाे मृत्यु


११ असार, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप २४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९५८६ जनाको पीसीआर परीक्षण गर्दा १७२१ र ४७६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५५ जना  गरि  थप २४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २७ जनाकाे मृत्यु भएकाे छ । काेराेना संक्रमणबाट हालसम्म ८९४५ जनाकाे मृत्यु भइसकेकाे छ ।नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार १७:४३