२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कोपा अमेरिका फुटबलः पाराग्वेले चिलीलाई २–० ले हरायो

११ असार, काठमाडाैँ । कोपा अमेरिका फुटबलमा पाराग्वेले चिलीलाई हराएको छ । चिलीसँगको खेलमा पाराग्वेले २-०को सहज जित निकालेको हो ।

पाराग्वे जितसँगै समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वेको ३ खेलबाट ६ अंक भएको छ भने शीर्ष स्थानमा रहेको अर्जेन्टिनाको ३ खेलबाट ७ अंक जोडेको छ । चिली भने ४ खेलमा ५ अंक जोडर तेस्रो स्थानमा छ । आज बिहान नै भएको खेलमा उरुग्वेले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार ०९:०३