२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

काठमाडौँमा फेरि सुरूभो टिपर आतंक, गोकर्णेश्वरमा बिहानै साइकल यात्रीको ज्यान लियो

११ असार, काठमाडाैँ । काठमाडौँमा फेरि टिपर आतंक सुरूभएको छ । काठमाण्डौको गोकर्णेश्वरमा टिप्परले ठक्कर दिँदा शुक्रबार बिहान एक जनाको ज्यान गएको छ ।

गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलयात्री अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ । उनको परिचय भने खुलेको छैन ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार ०८:३१