१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता आइपीओ जारी गर्ने

१० असार, काठमाडाैँ । सर्वोत्तम सिमेन्टको विषेश साधारणसभाले सर्वसाधारणका लागि ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार सम्पन्न सभाले शेयरको संरचना समेत परिवर्त गर्ने निर्णय गरेको छ ।

संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पुँजीको अनुपात ८७.१० : १२.९० हुने गरी मिलान गर्ने ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधिबाट जारी गर्ने निर्णय गरेको सर्वोत्तम सिमेन्टले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफावाट १९.११८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.००६% नगद लाभांश प्रदान गर्ने निर्णय समेत गरेको जनाएको छ । सर्वोत्तमले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १८:१५