१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

३८ क्वीन्टल सुन तस्करी प्रकरणः पत्रकार गणेशप्रसाद अधिकारी पक्राउ

२७ असार, काठमाडाैँ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको सरकारी समितिले पत्रकार गणेशप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । हिन्दु साप्ताहिक सञ्चार संस्थाको तर्फबाट सूचना विभागको पत्रकार परिचय–पत्र बोकेका अधिकारीलाई काठमाडौं प्रहरी परिसरले बरामद गरेको ३ केजी सुन प्रकरणमा पक्राउ गरेको हो ।

यसअघि १६ असारमा नागढुंगाबाट ३ केजी सुनसहित ५ जना पक्राउ परेका थिए । परिसरले यूएईबाट आएको सुनसहित उनीहरुलाई पक्राउ गरेसँगै सरकारी समितिले चासो दिएको थियो । र, अनुसन्धान थालेको थियो । त्यस क्रममा पक्राउ परेका व्यक्तिसँग कनेक्सन देखिएको आरोपमा अधिकारीलाई समितिले पक्राउ गरेको हो । हाल उनलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ । सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २७ असार २०७५, बुधबार १७:३५