१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

युट्युबमा भाइरल सन्तोषी सुब्बाकाे हत्या गर्ने तिमल्सिना सार्वजनिक

१० असार, काठमाडाैँ । युट्युबमा भाइरल सन्तोषी सुब्बाकाे हत्या अभियोगमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्त तिमल्सिनालाई सार्वजनिक गरेको हो ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेश तिमल्सिनाले सन्तोषीको हत्या गरेको खुलेपछि असनबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे हो । असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताए पश्चात तिमल्सिनाले खाना र सुत्ने व्यवस्था निजले काम गर्ने बसमा मिलाईदिन्छु  भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए ।

घटनास्थलमा तिमल्सिनाले जबरजस्ती गर्ने क्रममा मृतक सन्तोषीले प्रतिकार गरे पश्चात तिमल्सिनाले घाँटी थिची मृतकको सलले घाँटीमा बेरी हत्या गरेकाे र हत्या पश्चात ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी फरार भएको अनुसन्धानमा खुलेकाे पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १३:१८