१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आज पनि घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

१० असार, काठमाडाैँ । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । आज चाँदीको मूल्य बुधबारकै मूल्यमा कायम हुँदै १२९५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार ११:४९