२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

युट्युबमा भाइरल सन्तोषी सुब्बाकाे हत्या अभियोगमा एक युवक पक्राउ

१० असार, काठमाडौँ । युट्युबमा भाइरल सन्तोषी सुब्बाकाे हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी २७ वर्षकी सन्तोषी सुब्बाको हत्या अभियोगमा सिन्धुपाल्चोक स्थायी ठेगाना भएका सुरेश तिमल्सिनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

तिम्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ । उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि नचिनियोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार ११:२९