२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

सर्वोच्चको आदेशमा ६ महिनाभित्र चुनाव गर भन्ने संकेत पनि छः संविधानविद् आचार्य

१० असार, काठमाडौँ । संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा। भीमार्जुन आचार्यले २० मन्त्रीको जागिर खोस्ने सर्वोच्चको अन्तरिमत आदेशले ६ महिनाभित्र जसरी पनि प्रतिनिधिसभाको निर्वाचन गर भन्ने संकेत समेत गरेको बताउनुभएको छ । अदालतको आदेशपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुयभो, ‘सर्वोच्चको आदेशले अर्को कुरा पनि संकेत गरेको छ । अब अहिलेका मन्त्रीहरू नरहने हो र साविकको पुरानो ५ जनाको मात्रै मन्त्रिपरिषद् रहने हो भने ६ महिनाभित्र प्रतिनिधि सभाको चुनाव यो सरकारले जसरी पनि गर्नुपर्छ भन्ने कुराको संकेत पनि देखिन्छ ।’

उहाँले ६ महिनामा यो सरकारले चुनाव गराउन सकेन भने अर्को संवैधानिक संकट उत्पन्न हुने खतरा बढेको पनि बताउनुभयो । उहाँले राजनीतिक विषयमाथि न्यायालय हावी हुन खोजेको रूपमा यस आदेशलाई लिनुपर्ने बताउनुभयो । उहाँले राजनीतिमाथि न्यायालयको वर्चस्व बढ्दै जानुलाई सकारात्मक मान्न नसकिने बताउनुभयो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार ०८:२१