२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

चुडामणि शर्मासहित ३ जनाविरुद्ध एक अर्ब ३३ लाख बढी बीगोकाे भ्रष्टाचार मुद्दा

९ असार, काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका शर्मासहित अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकालविरुद्ध  विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनिहरूले कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार १५:०३