२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

९ असार, काठमाडौँ । दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी बबरमहल निवासी सरस्वती प्रधानलाई रिहा हुनुभएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहले सरकारी वकिलको आदेशमा छोडिएको बताउनुभयाे ।

प्रधानलाई तीन दिनअघि महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले पक्राउ गरेको थियो । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारले आफूमाथि जातीय विभेद भएको भन्दै जाहेरी दिनुभएकाे थियाे ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार १३:५८