२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

राससको महाप्रबन्धकमा सिद्धराज राई नियुक्त

७ असार, काठमाडाैँ । राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा पत्रकार सिद्धराज राई नियुक्त हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका पत्रकार राईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एक मन्त्रीले दिनुभएको जानकारीअनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले राससको महाप्रबन्धकमा पत्रकार राईसहित तीन जनाको नाम प्रस्ताव गर्नुभएको थियो । प्रस्तावित नाममध्ये राईलाई नियुक्त गर्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिनुभयो । धनकुटामा लामो समय पत्रकारिता गरी पाँच बर्षअघिबाट राई राजधानी काठमाडौंमा रहेर सक्रिय पत्रकारितामा हुनुहुन्छ । राई ब्यावसायिक पत्रकारितामा अब्बल मानिनु हुन्छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार २०:१७