२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

लुम्बिनी प्रदेशका चार सांसदको मुद्दा अब पूर्ण इजलासमा, असार २१ मा सुनुवाइ हुने

७ असार, काठमाडाैँ । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका चार सांसदको मुद्दा अब पूर्ण इजलासमा पठाइने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले साेमबार लुम्बिनी प्रदेशसभा सांसदहरुको रिटको छिनोफानो पूर्ण इजलासबाट गर्ने गरी पूर्ण इजलासमा पठाउने निर्णय गरेकाे हाे ।

उपेन्द्र यादव पक्षको कारवाहीपछि प्रदेशसभा सदस्यबाट पदमुक्त हुनुभएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे सर्वोच्चको अन्तरिम आदेशपछि पुनर्वहाली हुनुभएकाे थियाे ।

सर्वाेच्च अदालतले प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्यादभित्र पेस नभएको र अन्यको लिखित जवाफ पेस भइसकेको भन्दै रिट निवेदनको संवेदनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइको आदेश दिएको हाे ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १६:१७