२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

करेण्ट लागेर सिन्धुपाल्चोकमा १ जनाकाे निधन

७ असार, सिन्धुपाल्चोक । मेलम्चीमा करेण्ट लागेर एक युवकको ज्यान गएको छ । मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढाल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो ।

सोही घटनामा मेलम्ची–११ कै भरत दुलाल घाइते भई मेलम्चीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । शिखरपुर नवलपुरतर्फ ल्याइएको फलामे खम्बालाई इन्द्रावतीको बाढीले क्षति पुर्याएपछि विद्युत् चुहिँदा सो दुर्घटना भएको बताइएको छ ।

सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युत्को खम्बाबाट लिक भएको करेण्ट लागेर दुलालको मृत्यु भएको बताउनुभयो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १५:५९