२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

भत्किएको धरहरा त दुई वर्षमै बनायौं, साँस्कृतिक धरहरा भत्किए दुई पुस्तामा पनि बन्दैन

७ असार, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक र साँस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताउनुभएको छ ।

सातौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मानवको शारीरिक स्वास्थ्यमात्र होइन मात्र होइन समाजलाई साँस्कृतिक, नैतिक र चारित्रक रुपले सबल राख्न समेत योग आवश्यक रहेको बताउनुभयो ।

‘योग फर वेल विइङ’को नारासहित विश्वभर आज अन्तर्राष्ट्रिय योग दिवस मनाइदैछ । प्रधानमन्त्री ओलीले साँस्कृतिक मर्यादा सामाजिक स्वास्थ्यको मुख्य विषय रहेको समेत बताउनुभयो । ‘विभिन्न प्रयासबाट अहिलेको कोभिड १९ त एक डेढ वर्षमा पार होला तर सामाजिक र साँस्कृतिक अधपतनको महामारीले चल्यो भने कयौ पिढीँसम्म दुख्ख पाइनेछ’, उहाँले भन्नुभयो ।

अहिले सामाजिक सञ्जालमा देखिने प्रतिक्रियाले त्यस्तो अधपतनको संकेत गरेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले सामाजिक सञ्जाल हेरी नसक्नु हुन्छ’ । सभ्यताको सुरुवात भएको यो भूमिमा अहिले हामी असभ्यताको फागु खेलीरहेका छौं’। योगाभ्यासले यो साँस्कृतिक अधपतन रोक्नुपर्ने विचार प्रधानमन्त्रीको थियो । हामीले ‘भत्किएको धरहरा त दुई वर्षमै बनायौं तर साँस्कृतिक धरहरा भत्कियो भने दुई पुस्ता वित्दा पनि बनिसक्दैन, उहाँको भनाई थियो ।

त्यसकारण योग गुरुहरुले आशनमा भन्दा अनुशासनमा ध्यान दिनुपर्छ । योगका आठ अंगहरु मध्ये पहिलो यम भएको र त्यसको पनि पहिलो कुरा पहिलो सत्य प्रतिको निष्ठा र असत्यलाई अस्विकार गर्नु भएको उहाँको भनाई थियो । ‘सत्यमा अडिग रहु । सत्यको निष्ठा पुर्वक पालना गर असत्यलाई कुनै हिसाबका भ्रम वा त्रासका कारण स्वीकार नगर र त्यस विरुद्ध लड । यमले सही भन्छ’, उहाँको भनाई थियो ।

योगबाट असली लाभ लिन अनुशासन, सदाचार र सदगुण लिने रज, तम गुण क्लेश र खराबवृत्ति लाई परित्याग गर्नुपर्ने धारणा पनि प्रधानमन्त्रीले राख्नुभयो । आफ्नो वैधानिक र न्यायिक दावी पुग्ने बाहेकका कुरामा आशक्ति नराख्न पनि योगले सिकाउने धारणा उहाँको थियो ।

अरस्तुले सत्यकै लागि प्राण त्याग गरेको प्रशंग समेत उल्लेख उहाँले बताउनुभयो । योगको प्रादुर्भाव नेपाली भूमीबाटै सूरु भएका बताउँदै उहाँले त्यसलाई कपिल मुनी र विश्वव्यापी महामारीको यो समयमा मानिसलाई डिप्रसनमा जान नदिन, आशावादीता र मनोबल बढाउन रहेको भनाई उहाँको थियो ।

अब योग सम्बन्धित प्रोटोकल बनाउने र त्यसको परिणाम समेत प्राप्त हुने गरी व्यवस्थित गर्नु जरुरी रहेको भनाई पनि उहाँको थियो । यसका लागि पाठ्यत्रममा योग शिक्षा राख्ने र योग विद्यालय स्थापना पढाउ गर्ने तथा सिकाउने अभ्यास गर्नुपर्ने धारणा उहाँको थियो ।

योगसम्बन्धी उत्प्रेरणा जगाउन कहिले काहीँ सबै खालका मानिसलाई हुने योग शिविर चलाई पनि खासमा शारीरिक अवस्था र उमेर मात्र होइन व्यक्ति अनुसारका आशन सिकाउनु पर्ने धारणा उहाँको थियो । अज्ञानतावश गलत अभ्यास गरियो भने दुर्घटना हुन्छ । शास्त्रले गुरु विनाको शिक्षा वर्जित त्यसै गरेको होइन, उहाँको भनाइ थियो ? योगको विकासका लागि योग साधकहरुसँग मिलेर काम गर्न सरकार तयार रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १५:५०