२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

भारतीय राजदूतावासले “घर घरमा योग” भन्ने नाराका साथ मनायो योग दिवस

७ असार, काठमाडाैँ । भारतीय दूतावासले ‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यममार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासले “घर घरमा योग” नाराका साथ कोभिड–१९ महामारीबीच योग दिवस मनाइएको विज्ञप्ति मार्फत जानकारी दिएको छ । योगलाई स्तरिय ढंगबाट अभ्यास गर्न दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरु देखाइएको थियो ।

संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ मा मान्यता पाई सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइने गरिएको छ । उत्तरी गोलाद्र्घमा वर्षको सबैभन्दा लामो दिन र विश्वका धेरै क्षेत्रहरुमा यो दिनको विशेष महत्व भएकोले संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्ने क्रममा भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार ११:४८