२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

बाढी पीडितका लागि ३९ कार्टुन चाउचाउ लान हेलिकप्टर चार्टर

७ असार, काठमडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा राहतका नाममा मानिसहरूले भद्दा प्रचार गरेको भन्दै स्थानीयले आक्रोश पोख्न थालेका छन । राहत भन्दा बढी प्रचार गर्ने बढेपछि स्थानीय आक्रोशित बनेका हुन । विपत्तिमा सहयोग गर्ने भन्दा पनि पीडा हेरेर रमाउनेहरू धेरै भएको उनीहरूको गुनासो छ ।

आइतबार एक व्यक्तिले ३९ कार्टुन  लिएर हेलम्बु पुगेपछि नेकपा एमालेका नेता हस्त पण्डितले बढी नाटक नगर्न भन्दै हेलिकप्टरको तस्बिरसहित सामाजिक सञ्जालमा टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, हाम्रो पीडा हाम्रो ठाउँमा छ तर यो नाटक किन ? सहयोग गर्न आको कि बाढी पर्यटन हेर्न आको ? १० थान पी फोन, ३९ बाकस चाउचाउ, २ पकेट पियुस, ३ पकेट जीवनजल र ३ पकेट मास्कको पैसा कति र हेलिकप्टर भाडा कति ?

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १०:१४