२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

मन्त्री तामाङको सक्रियतापछि जोडियो मेलम्ची हेलम्बु सडक

-बिदुर आचार्य
६ असार, चाैतारा । असार १ गते मेलम्ची खोलामा आएको बाढीले पूर्ण अबरुद्ध बनाएको मेलम्ची हेलम्बु सडक अस्थाई रुपमा सञ्चालमा आएको छ । आईतबार साँझ मेलम्ची हेलम्बु सडक सञ्चालनमा ल्याईएको मेलम्ची क्षेत्रमा सांसद तथा स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रीका प्रमुख स्वकीय निर्मल बंजराले जानकारि दिनुभयो ।

बाढीले सडक अबरुद्ध बनाएपछि हेलम्बु क्षेत्रमा राहत तथा उद्धारमा समस्या भएकोले तत्काल सडक संचालनमा ल्याईएको बंजराले जानकारि दिनुभयो । आईतबार साँझ मेलम्ची देखि चनौटे सम्मको सडक संचालनमा ल्याईएको हो । प्रमुख जिल्ला अधिकारी सहित जिल्ला बिपद ब्यवस्थापन समिति र स्थानीय सरकारले हेलम्बु क्षेत्रका नागरिकलाई आवश्यक राहत वितरण गर्न सहज वनाउन सडक संचालनको आवश्यकता र सहमति पश्चात सडक संचालनमा मन्त्री तामाङले तत्काल सडक संचालनको लागि संयन्त्र प्रयोग गर्न निर्देशन जारी गर्नुभएको थियो । दुई दिनको प्रयत्न पश्चात चनौटे सम्म सडक जोड्ने कार्य सम्पन्न भएको युवा संघका नेता महेश चौलागाईले जानकारि दिनुभयो ।

त्यस्तै सोमबार बिहन स्वास्थ्य मन्त्री तामङ सहित काठमाण्डौ महाँनगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मेलम्ची क्षेत्रमा राहत सहयोगका लागि आउने तयारी रहेको मन्त्री तामाङले जानकारि दिनुभयो । महानगरले भगीनि सम्वन्ध स्थापना गरेको मेलम्ची नगरपालिकालाई रु दुई करोड र पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई पचास।पचास लाख सहयोग हस्तान्तरण गरिने र मन्त्री तामाङले मेलम्ची क्षेत्रमा विशेष राहत घोषणाको कार्यक्रम समेत रहेको जानकारि दिनुभयो ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार २०:४०