२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

बाढी पीडितको खोजी, उद्धार र राहतमा सहयोग गर्न जिफन्ट तयार

६ असार, काठमाडाैँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले बाढी पीडितको खोजी, उद्धार र राहतमा सहयोग गर्न तयार रहेको जनाएको छ । जिफन्टको बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष रामहरि नेपालले विज्ञप्ति मार्फत राज्यले आवश्यक ठानेमा विगतमा जस्तै जिफन्ट सहयोगका निम्ति तयार रहेको बताउनुभएको छ । विज्ञप्ति तल हेर्नसक्नुहुन्छ ।

मनसुनको सुरुवात सगै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची ईन्द्रावती खोलामा गत असार १ गते मंगलवार राति आएको भिषण बाढीको बितण्डा अझै रोकीएको छैन । बाढी र पहिरोका कारण ठुलो संख्यामा जन धनको क्षती भएको छ । वस्ती नै जोखीम हुनेगरी खोलाले कटान गरी रहेकाले विस्थापितहुनेहरुको संख्या बढ्दो छ । मेलम्ची खोला आसपास र हेलम्बु गाउपालिकाको चनौटे,ग्याल्थुम र किउलका जनता आफ्नो थातथलो छाडेर अन्यत्र सुरक्षित स्थान तर्फ सर्दै गरेका छन ।

स्थानिय जनता अझै त्रासदी पुर्ण जिवन जिउन बाध्य छन । मेलम्ची खानेपानी आयोजनामा कार्यरत स्वदेशी तथा विदेशी श्रमीकहरु, माछापालन तथा कृषी फर्ममा कार्यरत श्रमीकहरु, अन्य स्थानिय क्षेत्रमा कार्यरत श्रमीक लगाएत स्थानीय मानिसहरु समेत गरी ३२ जना बेपत्ता भएका र ५२ घर विहिन र २७० भन्दा बढी घरवार विस्थापित भएको जानकारी प्राप्त भएको छ ।

बाढीसगै आएको लेदोको कारण मेलम्ची बजार बगरमा परिणत भएको छ भने थुप्रै पुलपुलेसा र बाटोघाटो बाडीले बगाएको छ । बत्तीका पोलहरु ढलेका कारण बिधुत आपुर्ति हुन नसक्दा मोबाईलका ब्याट्री चार्ज समेत हुन नसकी संचार सम्पर्कमा समेत कठीनाई भएको छ । सडक तथा बाटो कटान भएको कारण हेलम्बु गाउपालिकाको चनौटे, ग्याल्थुम र किउल सम्म सहज ढंगले खाधान्न तथा अन्य राहत पुर्याउन सकिने अवस्था छैन ।

प्राकृतिक बिपदको हिसाबले नेपाल उच्च जोखीममा रहेको छ । बिगतका बर्षहरुमा आईलागेका बिभिन्न प्राकृतिक विपत्तिहरुबाट सृर्जित जनताको पिडामा हाम्रो महासंघले जसरी उद्दार राहत र सहयोग पुयाएको थियो त्यसरी नै सहयोग गर्न अहिले पनि तयार रहेको जानकारी गराउन चाहन्छौ ।

राहत बितरणमा होडबाजी गर्दै प्रचारवाजी गर्ने भन्दा पनि एकद्दार प्रणालीबाट पारदर्शी र व्यवस्थित ढंगले राहत वितरण गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ । बेपत्ताहुनु भएकाहरुको खोजी,उद्दार लगाएत खाधान्न राहत पुर्याउने कार्यमा नेपाली सेनाको महत्वपुर्ण भुमिका देखीएको र यस कार्यमा सहकार्यका लागी महासंघ जनताको पिडामा मल्हम लगाउन स्वयंसेवकीय भुमिका निर्वाह गर्न तयार छ।

बाढी पहिरोका कारण दुःखद ज्यान गुमाउनु हुनेहरु प्रति नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) वागमती प्रदेश संगठन कमिटी भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तब्ध परिवार जनमा हादिक समवेदना व्यक्त गर्दछ । अहिले वर्षातको
समय रहेकाले यस प्रदेश अन्तर्गतका थुपै पहाडी हिमाली भु(भागमा बसोवास गर्ने स्थानिय जनताहरु बाढी,पहिरोका कारण अशुरक्षित छन । तसर्थ, उच्च सावधानी अपनाएर सुरक्षित साथ रहनका लागी आम जन(समुदायमा हार्दीक अनुरोध गर्दछौ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १८:२८