२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

काेराेना अपडेटः २,४४२ संक्रमित थपिए, ५१ जनाको मृत्यु, ३४५६ संक्रमणमुक्रत

६ असार, काठमाडाैँ । आइतबार देशभर थप २,४४२ जनामा कोराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ जना र ४२४९ जनाकाे एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा कोराेना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ५१ जनाको मृत्यु भएको छ । यस अवधिमा ३४५६ जना संक्रमणमुक्रत भएका छन् ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १६:४१