१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ८.४२ प्रतिशत लाभांश पारित

६ असार, काठमाडाैँ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारण सभा आज होटल इच्छा प्राइभेट लिमिटेड सिमरा, बारामा सम्पन्न भएकाे छ । उक्त साधारण सभाले  गत आर्थिक वर्षका लागि प्रस्ताविक कुल ८.४२ प्रतिशत लाभांश पारित गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश रहेकाे छ ।

बोनस सेयरपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब २ करोड  ६४ लाख ३२ हजार रुपैयाँबाट बढेर १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० पुग्ने भएको छ।

वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत २ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक शैलेष संघई र अनिता रायमाझी टण्डन निर्विरोध निर्वाचित भएका छन् । सञ्चालकहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराउनु भएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १५:२०