१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

दलित युवतीलाई कोठा नदिएको आरोपमा बबरमहलबाट घरबेटी पक्राउ

६ असार, काठमाडौँ । दलित युवतीलाई कोठा नदिएको आरोपमा प्रहरीले बबरमहल निवासी सरस्वती प्रधानलाई पक्राउ गरेको छ ।  उनीविरुद्ध रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् ।  महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले प्रधानलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयाे।

पक्राउ परेकी प्रधानसँग अहिले  सोधपुछ भइरहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ । रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्। प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १३:२५