१७ फाल्गुन २०८२, आईतवार | Sun Mar 1 2026

आइतबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

६ असार, काठमाडाैँ । आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा काराेबार भएकाे छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा काराेबार भएकाे छ । शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ८०० काराेबार भएकाे थियाे । त्यसैगरि, तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

आज चाँदीकाे मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२९० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३०५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार ११:३८