२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

युरो कपः पोर्चुगलको उपहार गोलमा जर्मनी ४–२ ले विजयी

६ असार, काठमाडाैँ । युरो कप फुटबलको गएरातिको खेलमा पोर्चुगलको उपहार गोलमा जर्मनी ४–२ ले विजयी भएको छ । म्युनिखमा भएको खेलमा जर्मनीले साविकको च्याम्पियन पोर्चुगललाई ४–२ पराजित गर्यो । जर्मनीको जितमा दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती उपहार दिएका थिए ।

खेलको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर ३५ औं मिनेटमा पोर्चुगलकै रुविन डायसले र ३९ औं मिनेटमा राफेल गुएर्रेइओले आत्मघाती गोल गर्दा जर्मनीले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

दोस्रो हाफको ५१ औं मिनेटमा जर्मनीका काइ हाभर्जले र ६० मिनेटमा रोविन गोसेन्सले गोल गरे । ६७ औं मिनेटमा पोर्चुगलका डिएगो जोताले गोल गरे पनि जितको लागि पर्याप्त भएन र खेल ४–२ को नतिजामा सकियो । जर्मनी र पोर्चुगलको समान तीन अङ्क भए पनि गोल अन्तरका आधारमा जर्मनी दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार ०७:५५