२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

युरोकपः स्पेन लगातार दोस्रो खेलमा बराबरीमा रोकियो

६ असार, काठमाडौँ । युरोकपको जारी  सिजनको गएराति भएको खेलमा पनि स्पेन बराबरीमा रोकिएको छ । युरो २०२० मा स्पेन बराबरीमा रोकिएको यो लगातार दोस्रो खेल हो । नेपाली समय अनुसार आइतबार विहान सम्पन्न खेलमा स्पेनलाई पोल्यान्डले १-१ गोलको बराबरीमा रोक्यो । यसअघि स्पेनलाई स्विडेनले गोलरहित बराबरीमै रोकेको थियो ।

खेलको २५ औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराटाले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४ औँ मिनेटमा पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए । त्यसपछि खेलमा गोल हुन सकेन र १-१ को बराबरीमा खेल रोकियो । खेलसँगै समूह  ई मा स्पेन दुई अंक जोडेर तेस्रो स्थानमा छ। शीर्ष स्थानको स्विडेनको चार अंक छ । स्लोभाकिया ३ अंकसहित दोस्रो स्थानमा छ भने चौथो स्थानको पोल्यान्डले एक अंक जोड्न सफल भएको छ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार ०७:१९