२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

एमाले नेता झलनाथ खनालको ज्वरो र खोकी ठीक भयो, अक्सिजनको सपोर्ट पनि हटाइयो

५ असार, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको ज्वरो र खोकी ठीक भएको छ । खनालको स्वास्थ्यका बारेमा प्रत्यक्ष भेटेर कुरा गर्नुभएका उहाँका भान्जा गोपाल आचार्यका अनुसार उहाँको अक्सिजनको सपोर्ट समेत हटाइ सकिएको छ । उहाँको अन्य समस्याको उपचार जारी रहेको छ । स्वास्थ्यमा समस्या भएपछि खनाललाइ नर्भिक अस्पतालबाट असार २ गते दिल्ली लगिएको थियो । उहाँको दिल्लीको अपोलो अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार २२:२९