२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

बाढीबाट हेलम्बु गाउँपालिकामा २३ बेपत्ता, ९ वटा पुल बगायो (सूचीसहित)

५ असार, काठमाडाैँ । सिन्धुपाल्चोकको हेलम्बु गाउाँपालिकाले क्षतिको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले विज्ञप्ति प्रकाशित गरी असार १ गतेको बाढीले पुर्याएको क्षतिको विवरण सार्वजनिक गर्नुभएको हो ।

पालिकाले बाढीमा परी हालसम्म २३ जना वेपत्ता रहेको जनाएको छ । गाउँपालिकाले पहिरो र बाढी आउने सम्भावना कायमै रहेको भन्दै सतर्क हुन अपिल गरेको छ । हेलम्बु-१ स्थित सेमेसिदाङ हिमालमुनी रहेको भेमाथाङ्ग चौरमा पहिरो खसेपछि मेलम्ची थुनिएको र त्यसले गर्दा मेलम्चीमा बाढी आएको पालिकाले जनाएको छ ।
हेर्नुहोस् पालिकाले सार्वजनिक गरेको विवरण

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १९:०५