२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

केन्द्रीय विशेष समितिमा महिला नपरेपछि राप्रपालाई रेखा थपाको ६ प्रश्न

५ असार, काठमाडाैँ । राप्रपा नेतृ एवं अभिनेत्री रेखा थपाले केन्द्रीय विशेष समितिमा महिलाहरू नअटाएपछि नेतृत्वमाथि कडा प्रश्न गर्नुभएको छ । समाजिक सञ्जाल मार्फत उहाँले पार्टी नेतृत्व माथि मुलभुत रूपमा ६ प्रश्न गर्नुभएको छ । थपाको टिप्पणी जस्ताको त्यस्तै तल प्रस्तुत गरिएको छ ।

कुन चाँही रा.प्र.पा ले देश हाक्ने हो? त्यो रा.प्र.पा जस्ले देशमा को को मान्छे बस्छन थाहा पाएको हुन्छ, न्युनतम लैङ्गिक साक्षरता राख्छ, मौलिक बैचारिक नमुना पेश गर्छ, सभ्यताको माग अनुसार ईतिहासलाई उन्नत व्याख्या गर्छ, युवा र श्रमिक वर्गमा स्थापित हुँदै जान्छ र संस्थालाई लोकतान्त्रिकरण गर्छ ।
वा
त्यो रा.प्र.पा जो महिलालाई बहिष्करणको नमुना देखाउछ, मजदुर, किसान, श्रमिक र युवा सँग डराउछ, बिरासतको रुपमा राजनीतिलाई कोठे बनाउछ, बहसमा उत्रिदैन- सम्झौताबादी राजनीति गर्छ, अबैज्ञानीक रुपमा पार्टी सन्चालन गर्छ, आत्मसुरक्षा भन्दा अरु सोच्दैन र सधैं रक्षात्मक सोचले ग्रस्त हुन्छ, जनप्रीय मान्छे लत्याउने र आर्थिक हैषियतमा निर्णय गर्दछ।

कुन चाँही रा.प्र.पा बैकल्पिक शक्ती बन्ने हो? कुन चाँही रा.प्र.पा मौलिक रुपमा सबैको पार्टी हो ? कुन चाँही रा.प्र.पा उदाउदो रा.प्र.पा हो ? कुन चाँही रा.प्र.पा नाम मात्रको पार्टी हो ? कुन चाँही रा.प्र.पा व्यबहार मा- बयस्क र रिटायर्डहरुको सरोकार समुह मात्र हो? कुन रा.प्र.पा हामी सबैको रा.प्र.पा हो?

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १८:२५