२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

मेलम्चीको बाढीले हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालय बगायो

५ असार, काठमाडाैँ । सिन्धुपाल्चोकको हेलम्बुमा बाढीले प्रहरी कार्यालय बगाएको छ । अविरल वर्षापछि आएको बाढीले कटान गर्दा हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन बगाएको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले जानकारी दिनुभयो । शुक्रबार राति प्रहरीको साढे २ तले पक्की भवन ढलेको छ । नदीले कटान सुरू गरेपछि प्रहरी कर्मचारी निस्किसकेको कारण मानवनीय क्षति भने कुनै नभएको लामाले बताउनुभयो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार १०:३४