‘म केही गर्छु’ शिर्षकमा भिडियो बनाए २ लाख ५० हजार रूपैयाँ पुरस्कार पाइने
४ असार, काठमाडाैँ । राष्ट्रिय यूवा संघ नेपालले छोटो भिडियो फिल्म (लघु चलचित्र) प्रतियोगिता गर्ने भएको छ । नेकपा एमालेको युवा भ्रातृ संस्था युवा संघले युवाहरूको प्रतिभा प्रस्फुटन गराउनका लागि प्रतियोगिता आयोजना गरेको अध्यक्ष किरण पौडेलले जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभययो, ‘वृहत सहभागीताको अपेक्षा गर्दै ‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र प्रतियोगीताको आयोजना गर्ने निर्णय गरेका छौँ । लकडाउनका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोग पनि हुने विश्वास लिएका छौँ ।’ उहाँले उद्यमशीलता र रोजगार, पर्यटन, कृषी तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संकृती र मनोरञ्जन लगायतका बिषयमा५ मिनेटसम्मको लघु चलचित्र बनाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष पौडेलले यही असार २५ गते भित्रमा म केही गर्छु शीर्षकमा स्क्रिप्ट भने बुझाइसक्नुपर्ने जानकारी दिनुभएको छ । उहाँले प्राप्त स्क्रिप्टमा विज्ञको सुझाव अनुसारको भिडियो बनाएपछि उत्कृष्ट तीनलाइ पुरस्कृत गरिने बताउनुभयो । उहाँका अनुसार प्रथम हुनेलाई २ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख ५० हजार र तेश्रो हुने चलचित्रलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १९:३४