२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

वडा अध्यक्ष समेत रहेका नुवाकोट कांग्रेसका नेता नेपाल जुवा खालबाट समातिए

४ असार, नुवाकोट । नेपाली कांग्रेसका नुवाकोटका नेता एवं बेलकोटगढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हेमनिधी नेपाल जुवाखालबाट समातिएका छन । केहीबेर अघि वेलकोटगढी ७ कै धानसार भन्ने ठाउँमा एक व्यक्तिको घरमा जुवा खेलीरहेको अवस्थामा नेपालसहित सात जना रंगेहात समातिएका छन । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याउँदै गरेको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले दैनिकीलाई जानकारी दिनुभयो ।

तस्बीरमा स्टकोट लगाएर हातल मोबाइल लिने वडा अध्यक्ष नेपाल हुनुहुन्छ ।

उहाँले जुवाखालबाट ६८ हजार रूपैयाँ बरामद भएको पनि जानकारी दिनुभयो । विगत लामो समयदेखि जुवाको अखडा चालउँदै आएको घरमा वडा अध्यक्षले संरक्षण दिँदै आएका थिए । तर आज नेपाल आफैँ जुवा खालमा रंगेत हात पक्राउ परेका हुन ।घटनाको विस्तृत विवरण आउनेक्रममा रहेको छ । बेलकोटगढीमा नेपाली कांग्रेसले १३ मध्ये जम्मा एक वडामात्र चुनाव जितेको थियो ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १७:२६