२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

काठमाडौँ उपत्यकामा थपिए ५७० संक्रमित, सक्रिय संक्रमितकाे संख्या १२,५१४

३ असार, काठमाडौँ ।  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७० जनामा  काेराेना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ४१३ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १२१ जना गरी थप ५७० जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या १२,५१४ रहेकाे छ । त्यसमध्ये काठमाडौँमा मात्रै ७१३५ सक्रिय संक्रमित छन् । हाल ललितपुरमा ३० ७१ र भक्तपुरमा २३०८ सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १७:४४