२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

पेस्तोल र ५ राउण्ड गोलीसहित जनता समाजवादी पार्टीका उदयपुर जिल्ला सदस्य पक्राउ

३ असार, काठमाडाैँ । जनता समाजवादी पार्टीका उदयपुर जिल्ला समिति सदस्यलाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ । जसपाका जिल्ला सदस्य प्रशुराम चौधरीलाई पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।

चौधरीले घरमा लुकाएर राखेको अवस्थामा सो पेस्तोल र ५ राउण्ड गोली प्रहरीले बरामद गरेको हो । पूर्वमाओवादी लडाकु प्रशुराम शान्ति प्रक्रिया शुरु भएसँगै उनि माओवादी केन्द्रको जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत थिए । ०७७ माघबाट उनी जसपामा लागेका हुन् ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १७:००