४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नबिल बैंकको सम्पूर्ण सेवा ३ दिन बन्द हुने

२ जेठ, काठमाडाैँ । नबिल बैंक लिमिटेडकाे सेवा ३ दिनसम्म बन्द हुने भएको छ । बैंककाे Core Banking System (CBS) स्तरोन्नति गर्नुपर्ने भएकाले असार ४ गते दिउँसाे ४ बजेदेखि असार ७ गते बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण शाखाहरु,इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ, एटीएम कार्ड,(क्रेडिट कार्ड तथा प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द हुने बैंकले सूचना जारी गर्दै जनाएकाे छ ।

बैंकिङ्ग काराेबार बन्द रहने मितिमा आइपर्न सक्ने अत्यावश्यक काराेबारहरूका लागि सम्बन्धित शाखा कार्यलयमा अग्रिम रूपमा सम्पर्क गर्न बैंकले सबैमा अनुराेध गरेकाे छ । यसबाट ग्राहक महानुभावहरूमा पर्न जाने असुविधा प्रति बैंक क्षमाप्रार्थी छ, ‘बैंले जारी गरेकाे सूचनामा भनिएकाे छ’ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार १५:४७