२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

नुवाकोटको दुप्चेश्वरमा रहेको ढुङ्गाको व्यवस्थापनका लागि बजेट विनियोजन गरिने

२ असार, काठमाडाैँ । विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना ,२०७८ स्वीकृत गरेको छ । विपद व्यवस्थापन कार्यकारी समितिको गृहमन्त्रालयमा बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना ,२०७८ को साथै विपद् व्यवस्थापन स्वयंसेवक व्यूरो गठन तथा परिचालन कार्यविधि ,२०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, २०७८ , गैर सरकारी संस्था परिचालन सम्वन्धि कार्यविधि ,२०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुननिर्माण सम्वन्धि कार्यविधि २०७८ लाई स्विकृत गरेको छ ।

गृहमन्त्री खगराज अधिकारीको अघ्यक्षतामा सिंहदरबारमा बसेको बैठकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका वडा नंम्वर १ को नेगी भन्ने स्थानमा रहेको ढुङ्गाको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ । बैठकमा गृहमन्त्री अधिकारीले अहिले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धार खटिन मातहतका निकायलाई निर्देशन दिनु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ भने मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट क्षेतिहरु भएका विवरणहरु आईरहेका छन् । सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरि तत्काल उद्धार तथा राहतमा तथा उपचारमा जुट्न सुरक्षा निकायलाइ निर्देशन दिइएको छ । बैठकमा सुरक्षानिकायले बाढी पहिरो डुबानको पछिल्लो अवस्थाको बारेमा विपद व्यवस्थापन कार्यकारी समितिलाई ब्रिपिÞmङ्ग गरेको थियो ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार १३:२५