१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

अरुण भ्यालीको ४ लाख ३५ हजार कित्ता सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ?

२ असार, काठमाडाैँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड असार ९ गतेदेखि ४ लाख भन्दा बढी कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कम्पनीले गत वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो। उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८९४ कित्ता सेयर लिलामी गर्न लागेको हो ।

उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले  न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी असार १६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेकाे छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी–काठमाडौँ, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु भक्तापुर–ठिमी, कुमारीपाटी–ललितपुर, इटहरी–इलाम, पोखरा–नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर तथा अरुण भ्यालीको कार्यालय थापाथली, काठमाडौँबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार १२:००