कांग्रेस नेता एवं गढीमाई नगरपालिकाका मेयर यादव विकासका योजनामा कमिसन खाँदाखाँदै पक्राउ
२६ असार, रौतहट । नेपाली कांग्रेसका नेता एवं रौतहटको गढीमाई नगरपालिका मेयर श्यामप्रसाद यादव विकासका योजनामा कमिसन खाँदाखाँदै एक होटलबाट पक्राउ परेका छन ।
यादवसँगै प्रमुख कार्यकारी अधिकृत नरबहादुर विक, लेखापाल विमल मिश्र, नायव सुब्बा करपुरी ठाकुर, कार्यालय सहायक अजयकुमार यादव पनि पक्राउ परेका छन । कामै नभएको योजनामा कमिसन खाँदै भुक्तानीगर्दै गरेको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय रौतहटको निर्देशनमा प्रहरीले छापा मारी मेयर यादव लगायतकालाई पक्राउ गरेको हो ।
यादव लगायतले होटलको कोठा नै भाडामा लिएर विभिन्न योजनाको भुक्तानी दिइरहेका थिए । उनी मंगलबार बिहानैदेखि चन्द्रनिगाहपुरस्थित एक होटलमा कोठा लिएर उपभोक्ता समितीका पदाधिकारीलाई बोलाएर कमिशन माग्दै भुक्तानी दिँदै गरिरहेका थिए ।
प्रकाशित मिति : २६ असार २०७५, मंगलवार १७:२२