२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक गृह मन्त्रालयमा जारी

२ असार, काठमाडाैँ । विपद व्यवस्थापन कार्यकारी समितीको बैठक गृह मन्त्रालयमा बसिरहेको छ । गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) जनकराज दाहालले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा ठुलो जनधनको क्षति भएको खबर आएपछि कार्यकारी समितिको बैठक शुरु भएको दिनुभयाे ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बाढीले बगाएर कम्तिमा ७ जना बेपत्ता भएका छन् । विपद् व्यवस्थापन कार्यकारी समितीको बैठकमा गृहमन्त्री खगराज अधिकारी, राष्ट्रिय विप्द न्यूनिकरण तथा व्यवस्थापन प्रधिकरणका सिइओ अनिल पोखरेल, गृह सचिव र सह–सचिव जनकराज दाहाल सहितका पदाधिकारी सहभागी हुनुहुन्छ । बैठकमा पछिल्लो बाढी, पहिरोकाे कारण विस्थापितलाई राहत र पुनर्स्थापना कसरी गर्ने भन्नेबारे छलफल भइरहेको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार ११:०१