१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

महोत्तरीको जलेश्वरमा व्यक्तिको साथबाट १७ लाख २५ हजार रुपैयाँ लुटियो

२६ असार, महोत्तरी । महोत्तरीमा एक जना व्यक्तिको १७ लाख २५ हजार रुपैयाँ लुटिएको छ । महोत्तरीको जलेश्वरमा बैंकबाट पैसा झिकेर फर्किने क्रममा सञ्जिव शाहको १७ लाख २५ हजार रुपैयाँ लुटिएको हो ।

अज्ञात समूहले मंगलबार दिउँसै शाहको साथबाट रकम लुटेर भागेको प्रहरीले जनाएको छ । लुट्ने समूहको खोजी भइरहेको महोत्तरीका प्रहरी प्रमुख एसपी कुवेर कायस्थले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०७५, मंगलवार १७:०३