२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

मेलम्चीकाे बाढीकाे बीचमा फसेका दुई युवाकाे सेनाकाे हेलिकप्टरबाट उद्धार

२ असार, काठमाडौं । अविरल वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित होटल रोजमा दुई युवाको नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गरिएकाे छ । होटलको छतसम्म बाढीले घेरेपछि ती युवाहरू फसेका थिए । केही दिनयता परेको अविरल वर्षाले सिन्धुपाल्चोकलगायत देशभर बाढी र पहिरोका घटना घटिरहेको छ । यसबाट भएको जनधनको क्षति भने हालसम्म यकिन विवरण आइसकेको छैन ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार ०९:३४