२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

मेलम्चीको बाढीले बगाएका सातकाे शब भेटियाे

२ असार, काठमाडौँ । अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले बगाएको सात जनाको मृत्यु भएको छ । हेलम्बु क्षेत्रमा उनीहरुको शव आज भेटिएको हो । हिजो बेलुकी मेलम्चीमा बाढी आएर स्थानीय बस्तिहरु बगाएपछि बिहानबाट प्रहरीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ । बाढीले वेपत्ता भएकामध्ये सातजनाको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो ।

अन्यको उद्धार कार्य जारी रहेको पोखरेलले बताउनुभयो । बाढीले कम्तिमा ५० जना सम्पर्कविहीन रहेको बताइएको छ तर कतिको क्षति भयो भन्ने एकिन हुन सकेको छैन । यता मेलम्चीबाट निर्वाचित पूर्वसांसद तथा स्वास्थ्यमन्त्री शेरबहादुर पुन हेलिकोप्टरमार्फत स्थलगत अनुगमनमा आउनुुभएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार ०९:२६