काेराेना अपडेटः २७४५ संक्रमित थपिए, ४१ जनाको मृत्यु, ४१८७ संक्रमणमुक्त
१ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ७४४९ जनाको पीसीआर परीक्षण गर्दा १६८१ जना र ५ ८४१ जनाको एन्टिजेन परीक्षण गर्दा १०६४ जना गरी २७४५ जना कोरोना संक्रमण पुष्टि भएको हाे ।
पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । सोही अवधिमा ४१८७ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति : १ असार २०७८, मंगलवार १७:३५