२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

विभिन्न संस्था मार्फत संकलन गरिएको स्वास्थ्य सामग्री केसी दाजुभाइले बाँडे

१ असार, नुवाकोट । यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोट जिल्लाका स्थानीयत तह तथा स्वास्थ्य चौकीमा २३ वटा अक्सिजन कन्सनट्रेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टले सोमबार नुवाकोट जिल्लाका स्थानीय जनप्रतिनिधी तथा स्वास्थ्य संस्थाका प्रतिनिधिलाई अक्सिजन कन्सनट्रेटर, मास्क, पिपिई, सेनीटाइजर लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

अमेरिकन मेडिकल फाउन्डेशन, नेपाल चिकित्सक संघ र दिपक केसीको सहयोगमा प्राप्त भएको स्वास्थ्य सामग्रीमा यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टले थप गरी नुवाकोटको स्थानीय तहलाई दिइएको ट्रष्टका अध्यक्ष डा. केदार नरसिंह केसीले जानकारी दिनुभयो । कोभिड १९ सँग लड्नका लागि आवश्यकता अनुसार अन्य स्वास्थ्य सामग्रीहरुपनि हस्तान्तरण गरिदैँ जाने उहाँले बताउनुभयो ।

ट्रष्टले दुप्चेश्वर गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर ४ थान, मास्क एक हजार थान, पिपिइ १५ थान र एन९५ १०० थान, बेलकोटगढी नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर ६ थान, मास्क पाँच हजार थान, सुर्यगडी गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर ३ थान, मास्क १ हजार पाँच सय थान र तारकेश्वर गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर ३ थान, मास्क ५ हजार थान दिएको छ ।

त्यसैगरी किस्पाङ गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर ३ थान, मास्क ५ हजार थान, म्यागङ गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर ३ थान, मास्क ६ हजार थान, सेनिटाइजर १० लिटर, पिपिइ २२ थान, तादि गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर १ थान, मास्क २ हजार थान, पिपिइ ५ थान हस्तान्तरण गरेको छ ।

ट्रष्टले त्रिशुली अस्पतालमा मास्क ५ हजार थान, एन९५ २०० थान, सेनिटाइजर २० लिटर, आइसियु बेड २ थान, देउराली स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर ५ थान, मास्क ४ हजार पाँच सय थान, एन९५ १५० थान र सेनिटाइजर १० लिटर, खरानीटार स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर ५ थान, मास्क २ हजार पाँच सय थान, एन९५ १५० थान, सेनिटाइजर ५० थान, ककनी स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर ५ थान र नेपाल आर्मि त्रिशुलीलाई शव व्यवस्थापनको प्रयोजनार्थ आइसियुमा प्रयोग हुने चस्मा ४५ थान दिईएको जनाएको छ ।

ट्रष्टका संरक्षक अर्जुन नरसिंह केसीले उपलब्ध गराईको स्वास्थ्य सामग्री सही ठाउँमा प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले विगतमा पनि ट्रष्टले अप्ठ्यारो परिस्थितिमा नुवाकोटका जनतालाई सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ट्रष्टले यसअघि भुकम्पको बेलामा र कोरोना संक्रमणको पहिलो लहरमा पनि नुवाकोटका जनतालाई आवश्यक पर्ने सामग्रीहरु हस्तान्तरण गरिएको बताएको छ । ट्रष्टले गरेको स्वास्थ्य सामग्री वितरणलाई केहीले सामाजिक सञ्जालमार्फत् अर्नगल प्रचार गरिराखेको भन्दै ट्रष्टले मानविय सेवा भावका साथ सहयोग गरिरहेको जनाएको छ । ट्रष्टले गरेको सेवा भावलाई राजनीतिक रंग नदिन पनि ट्रष्टले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १६:०१