१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

झिनाे अंकले घट्यो सेयर बजार, १६ अर्ब ५२ करोड बढी कारोबार

१ असार, काठमाडाैँ । मंगलबार सेयर बजार झिनाे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.१० विन्दुमा पुगेकाे छ । नेप्से ०.१२ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक भने ०.२५ अंकले बढेर ५५०.२६ विन्दुमा पुगेको छ ।

कूल २२६ वटा कम्पनीकाे ३ कराेड ९ लाख ४८ हजार ८ सय ५३ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७ सय ३९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहको सूचकमध्ये ८ उपसमुहको सूचक नकारात्मक बन्दा ५ उपसमूहको सूचक मात्रै सकारात्मक देखिएका छन्। अन्य उपसमूहको सूचक ४ प्रतिशतले बढ्दा विकास बैंक उपसमूहको सूचक भने ४.४२ प्रतिशतले घटेको छ। यस्तै फाइनान्स उपसमूहको सूचक पनि ३.२९ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १५:५१