१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर, बचत खातामा ३ देखि ५ प्रतिशत ब्याज पाइने

१ असार, काठमाडाैँ  । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले पनि ब्याजदरमा सामान्य परिवर्तन भएको जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५०% देखि ७.२५% र संस्थागत मुद्दती निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर कायम भएको छ । स्थिर कर्जाको लागि ९% देखि ११% सम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले बचत खातातर्फ न्यूनतम ३% देखि ५% सम्म ब्याजदर तोकेको छ । यस बैंकले चैत महिनाको आधार दर ५.५०% अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १% देखि ३% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुने जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १५:१०