१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

आईपीओ निष्कासनको अनुमति माग्दै युनियन लाइफ इन्स्योरेन्सले दियाे बोर्डमा निवेदन

१ असार, काठमाडाैँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकाे छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न जेठ ९ गते बोर्डमा निवेदन पेश गरेकाे हाे ।  यो कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा प्रभू क्यापिटल लिमीटेड रहेको छ ।

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीकाे समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । याे रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १२:४२